site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पर्यटनलाई खेलकुदसँग जोड्नुपर्छ : मन्त्री लिम्बू 

विराटनगर । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेल क्षेत्रको विकास र पर्यटन सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका छन् । आइतबार नेपाल प्रेस युनियन मोरङको ११औँ अधिवेशन उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“खेल क्षेत्रको पूर्वाधार विकाससँगै प्रतियोगिता गर्न सके खेल पर्यटनको विकास हुनसक्छ,” उनले भने ।

मुलुकलाई अस्थिरतातर्फ लैजानबाट रोक्न सरकार प्रतिबद्ध रहेको र भ्रष्टाचारमुक्त बनाउने कार्य सुरु भएको उनले उल्लेख गरे ।

भौतिक पूर्वाधार निर्माण गरेर १२ महिना खेलकुद प्रतियोगिता गर्न जरुरी रहेको उनले औँल्याए । उनले रोजगारी र युवा अवसर बढाउने सरकारले तयारी गरिरहेको बताए । “स्वरोजगार कोषमार्फत युवालाई उद्यमसँग जोड्नुपर्ने, उद्यमी बढाउने दिशामा मन्त्रालयले पनि काम गरिरहेको छ,” उनले भने ।

स्वरोजगारमूलक तालिम र प्रशिक्षण दिलाउने दिशामा मन्त्रालयले थप कम गर्ने मन्त्री लिम्बूले बताए । उनले भने, “देशको लागि खेल्ने खेलाडीको जीवन बिमा गर्ने योजना छ । नेपाली खेलाडीको वृत्तिविकास गर्ने योजना पनि छ ।“

उनले विराटनगरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई पूर्णता दिन बजेट विनियोजन गरिएको जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro