
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरू सरल रहेको बताएका छन् । सोमबार स्वयम्भूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा बोल्दै प्रधानमन्त्री ओलीले बुद्धका शिक्षाहरू जटिल नरहेको बताए ।
झुटो नबोल, असत्य मार्ग नहिँड, असत्य नबोल, हिंसा नगर, कसैप्रति अन्याय नगर जस्ता सहज शिक्षाहरू रहे पनि अपनाउन कठिन रहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भने, "बुद्धका शिक्षाहरू सरल छन् । एकदम जटिल होइन । एकदम सरल छन् । झुटो नबोल, असत्य मार्ग नहिँड, असत्य नबोल, हिंसा नगर, कसैप्रति अन्याय नगर, सजिलो छ । नराम्रा काम गर्दै नगर । राम्रा कामहरू मात्रै गर । सजिला छन्, बुद्धका शिक्षाहरू अपनाउन मात्रै गाह्रो हो । सुन्दा सजिला, यो कुन ठूलो कुरा हो जस्तो । तर अपनाउन अलिकति कठिन छन् । हामी ती कुराहरू अपनाऔँ ।"
प्रधानमन्त्री ओलीले बुद्धका शिक्षा अपनाउनुमा नै मानव जातिको कल्याण रहेको बताए ।