site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेलम्ची क्षेत्रको पुनर्निर्माण माग गर्दै मन्त्री खड्कालाई ज्ञापनपत्र
Tiktok banner adTiktok banner ad

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिको पुनर्निर्माणमा सरकारले ध्यान दिने बताएका छन् । सोमबार मन्त्री खड्का मेलम्ची र हेलम्बु क्षेत्रको स्थलगत अनुगमनमा गएका थिए । 

चार वर्षअघि ०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो धनजनको क्षति पुर्‍याएको थियो । बाढीपछिको पुनर्निमाणले गति लिन नसकेको भन्दै स्थानीयले गुनासो गर्दै आएक थिए । 

अनुगमनमा गएका मन्त्री खड्काले मेलम्ची र हेलम्बु क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि विशेष योजना अघि बढाउने प्रतिबद्धता जनाए । पहाडी क्षेत्रमा कृषि उत्पादनलाई बढावा दिन सिँचाइ व्यवस्थापन एकदमै महत्त्वपूर्ण भएको उनको भनाइ थियो । पहाडी क्षेत्रका उर्वर भूमिको सदुपयोग गर्न सिँचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री खड्काले जिकिर गरे । 

सो क्षेत्रका सांसद मोहन बस्नेतले बाढीप्रभावित क्षेत्रमा पुललगायत स्थायी संरचना बनाउनुपर्नेमा जोड दिए । ऊर्जामन्त्री खड्का, राज्यमन्त्री खमबहादुर गर्बुजा, सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालगायतको टोलीले स्थलगत निरीक्षण गरेको हो । 

निरीक्षणका क्रममा मन्त्री खड्कालाई सो क्षेत्रका स्थानीयले बाढीपहिरोले पुर्‍याएको क्षतिको पुनर्निर्माण गर्न माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  २१:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro