site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
९ प्रतिशत गर्भ आफैँ खेर जान्छ : सर्वेक्षण 

काठमाडौं । नेपालमा प्रजनन् उमेरका २० प्रतिशत महिलाको गर्भ खेर गइरहेको सर्वेक्षणले देखाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ (एनडीएचएस)ले यस्तो तथ्यांक देखाएको हो । यो पछिल्लो तीन वर्षयताको तथ्यांक हो । 

तथ्यांक अनुसार १५ देखि ४९ वर्ष उमेरका महिलामध्ये ८० प्रतिशतको जीवित शिशु जन्मिने र २० प्रतिशतको गर्भ खेर गइरहेको छ । 

गर्भ खेर जानेमध्ये पनि ९ प्रतिशतको आफैँ मिस्क्यारेज भएको, १० प्रतिशतले गर्भपतन गर्ने र एक प्रतिशतको मृत शिशु जन्मिने गरेको तथ्यांकमा उल्लेख छ । 

“बढ्दो गर्भावस्था क्रमसँगै गर्भपतन गर्नेको संख्या बढेको देखिन्छ, पहिलो गर्भावस्थामा गर्भपतन गर्नेहरू दुई प्रतिशत र पाँचौँ वा त्योभन्दा माथिका गर्भावस्थामा २९ प्रतिशतले स्वेच्छाले गरेका थिए,” प्रतिवेदनमा भनिएको छ । 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro