site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ताप्लेजुङको ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने
प्रतीकारात्मक तस्बिर ।

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४, ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको छ । 

यही असार २ गते राति अविरल वर्षासँगै गएको बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका सिंगो बस्तीका घरपरिवारलाई अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गरिने भएको हो ।

शनिबार स्थानीय विपद् व्यवस्थापन समितिको आयोजनामा भएको सर्वपक्षीय बैठकले तत्काल वडा नं ३ स्थित खुला स्थानमा अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए । 

उनका अनुसार अस्थायी टहरा निर्माणका लागि यहाँस्थित सबै राजनीतिक पार्टी, सुरक्षा निकाय, जनप्रतिनिधिको संयुक्त टोली खटिने छ । आगामी साउन ७ गतेदेखि उक्त काम प्रारम्भ हुने बताइएको छ ।

यस्तै स्थानान्तरणका लागि विभिन्न निकायसँग समेत समन्वय गर्ने जनाइएको छ । विपद्का घटनामा सबैले मिलेर अघि बढ्नुपर्ने आवश्यकता देखिएकाले यसमा सहयोग गर्न गाउँपालिका अध्यक्ष वनेमले आग्रहसमेत गरेका छन् । 

बाढीपहिरोका कारण यस गाउँपालिकाको ओदकका बासिन्दा सबैभन्दा बढी प्रभावित बनेका छन् । ओदक बस्तीमा जाने विभिन्न खोला खोल्साका पुल बाढीले बगाएको छ भने बस्तीका विभिन्न भाग पहिरोले चिराचिरा परेको छ । पहिरोकै कारण यहाँ ओहोरदोहोर गर्नसमेत समस्या छ । रासस

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro