site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीनजना सवार मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिका–४, सेमरहवामा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एकजनाको मृत्यु भएको छ । सो मोटरसाइकल समेत पल्टँदा त्यसमा सवार एकजना घाइते छन् ।

गए राति करिब पौने १० बजे तीनजना सवार लु७३प ८६४३ नम्बरको मोटरसाइकलले रोहिणी–४, पकडीका ६५ वर्षीय चन्द्रिका अहिर सवार साइकललाई ठक्कर दिएको थियो । अहिरको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार एक युवकको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय धकधईले नियन्त्रणमा लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro