अर्थ व्यवसाय
काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । गएको शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार यो सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० ११:३३
प्रतिक्रिया दिनुहोस्