site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज बंगलादेशविरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबलका लागि मैदानमा उत्रिँदै छ । नेपाली महिला टिम पछिल्लो ६ खेलयता जितविहीन छ । बंगलादेशविरुद्ध उत्रिँदा नेपाली टिम जितविहीन यात्रालाई तोड्ने लक्ष्यमा हुनेछ ।

एसियन गेम्सको तयारीका लागि दुई मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टिम बंगलादेश पुगेको हो । पहिलो खेलमा नेपाली टिम बंगलादेशसँग १–१ को बराबरीमा रोकिएको थियो ।

खेलअघि नेपाली टिमका मुख्य प्रशिक्षक अनन्तराज थापाले नेपाली टिमले जितका लागि खेल्ने बताए ।

“हामी यहाँ जितका लागि आएका हौँ । पहिलो खेल बराबरी भयो । दोस्रो खेलमा भने हामी जित निकाल्ने प्रयास गर्नेछौँ । यहाँको मौसमले टिमलाई केही समस्या पारेको छ । तर, अहिले हामी यसमा घुलमिल भइसकेको महसुस भएको छ । दोस्रो खेलमा हामी आफ्नो उत्कृष्ट दिँदै अझ राम्रो नतिजा निकाल्ने प्रयास गर्नेछौँ,” थापाले भने ।

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल रंगशालामा नेपाली समयानुसार बेलुका ५ः१५ बजे खेल सुरु हुनेछ ।

नेपाली टिम पहिलो खेलमा इन्ज्युरी समयअघिसम्म १–० ले पछि परेको थियो । इन्ज्युरी समयमा सावित्रा भण्डारीले गोल गरेपछि नेपाली टिमको हार टरेको थियो ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro