site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपन्न परिवारलाई जस्ताको छानो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले अतिविपन्न एक सय छ परिवारलाई जस्ता पाताको छानो राख्न सहयोग गरेको छ । 

आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारको पहिचान गरेर गाउँपालिकाले फुसको छानो हटाउन सहयोग गरेको हो  । गाउँपालिकाले गत र यो आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजन गरेर जस्तापाताको छानो फेरिदिएको छ ।

गाउँपालिकाले आफ्नै बजेटमा विपन्न आवास निर्माण कार्यक्रम लागु गरेर गत आर्थिक वर्षमा ४० र यो आर्थिक वर्षमा ६६ गरी एक सय छ परिवारलाई जस्तापाताको छानो वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । प्रतिपरिवार परिवारलाई रु ७५ हजार बराबरको सहयोग गरिएको प्रशासकीय अधिकृत निरौलाको भनाइ छ । कतिपय परिवारको घरसमेत निर्माण गरिदिएको उनले जानकारी दिए ।  

“यहाँका विपन्न परिवारको फुसको छानो हटाएका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भने, “आर्थिक अवस्था कमजोर भएका परिवारलाई राहत दिने लक्ष्यले उनीहरुलाई जस्ताको छानो दिएका हौँ । दुई आर्थिक वर्षमा यो कार्यक्रममा हामीले रु ७० लाख खर्च गरेका छौँ । छानो फेरिदिएपछि स्थानीयलाई सहजता भएको अवस्था छ ।”

गाउँपालिकाले वडा नं. १ र २ का आठ/आठ घर, वडा नं. ३ मा पाँच घर, वडा नं. ४ मा १२  घर, वडा नं ५ मा आठ घर, वडा नं. ६ मा नौ घर, वडा नं. ७ मा छ घरलाई जस्ताको छानो वितरण गरेको हो । त्यस्तै वडा नं. ८ मा पाँच घर र वडा नं. ९ मा आठ घरलाई फुसको छानो हटाएर जस्तापाताको छानो वितरण गरेको हो । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro