site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनमत पार्टीको केन्द्रीय समिति विस्तार, प्रवक्तामा डा. यादव
फाइल तस्बिर।

काठमाडौं । डा सीके राउतले नेतृत्व गरेको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो ।

बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र २१६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जानकारी दिए । उनका अनुसार केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य रहेका छन् ।

यसअघि, केन्द्रीय समितिमा रहेका केहीलाई भने सचिवालयमा ल्याइएको छ । पार्टीको विधानअनुसार ३५१ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्नेमा तत्काल २१६ सदस्यीय केन्द्रीय समिति बनाइएको सो पार्टीले जनाएको छ ।

यसैगरी डा शरद्सिंह यादवलाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाइएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro