site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जब आमाले ४० दिनको नवजात शिशुलाई तेस्रो तलाबाट फालिन्...

काठमाडौं । भवनमा आगलागी भएपछि आफ्नो नवजात शिशुलाई बचाउन तेस्रो तलाबाट शिशुलाई फाल्ने आमा अहिले चिनियाँ सामाजिक सञ्जालमा चर्चामा रहेकी छन् । 

चिनियाँ सामाजिक सञ्जाल वेइबो र टिकटक जस्तै एप डुयनमा यो भिडियो दशौं लाख पटक हेरिएको छ ।

Dabur Nepal
NIC Asia

यो घटना जुलाई ५ मा चीनको पूर्वी प्रान्त झेजियाङको वेन्झाउमा भएको हो । घरमा आगो लागेर बाहिर निस्कने अवस्था नभएपछि ती महिलाले यस्तो कदम चालेकी हुन् । आमाले बच्चा फाल्नुअघि तल रहेका मानिस बच्चालाई भुँइमा झर्न नदिन ठूलो कपडा समातेर उभिएका थिए ।

महिलाले बच्चालाई फालेपछि सोही कपडामा समातिएको थियो । त्यसको केही बरेपछि अग्नि नियन्त्रकले दुई महिलाको उद्धार गरेको बताइएको छ ।

यो भिडियोलाई लिएर कतिपयले ती आमाको साहसको सम्मान गरेका छन् भने, कतिले आमाले जोखिमपूर्ण कदम चालेको भनेका छन् ।

कतिले बास्केट जस्तो बनाएर डोरीबाट सजिलै फाल्नुपर्ने टिप्पणी गरेका छन् भने कतिले त्यसो गर्दा धुँवाले बच्चाको ज्यान जानसक्ने र आमाले राम्रै गरेको भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro