site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
एडीबीद्वारा बंगलादेशलाई ३० करोड अमेरिकी डलर ऋण स्वीकृत

मनिला । एसियाली विकास बैंक (एडीबी)ले बंगलादेशका ८८ वटा नगरपालिकाको जीवनस्तर उकास्न एकीकृत र दिगो सहरी विकास हासिल गर्न ३० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको जनाएको छ ।

मनिलास्थित बैंकले ‘सहरी सुशासन र पूर्वाधारमा सुधार’ कार्यक्रमको उद्देश्य सहरी प्रशासनलाई सुदृढ पार्नु र नगरपालिका सेवाहरूको सुधारिएको सेवा वितरणका लागि पुँजी लगानी प्रदान गर्नु रहेको जनाएको छ ।

Dabur Nepal
NIC Asia

एडिबीले यो ऋणले सहरी सुशासन सुधार कार्ययोजना तयार गरी कार्यान्वयन गर्न तथा अनुगमन तथा मूल्यांकन प्रणालीलाई डिजिटल प्रणालीमा लान सहयोग पुग्ने जनाएको छ ।

यस ऋणले महिलाको नेतृत्वदायी भूमिकालाई बढावा दिन, महिला तथा जोखिममा परेकाहरूको विशिष्ट आवश्यकतालाई सम्बोधन गर्न, बजेट विनियोजनमार्फत समानताको खोजी गर्न योगदान गर्ने बताइएको छ ।

ऋण सहयोगले जलवायु परिवर्तनलाई न्यूनिकरण गर्न, सामाजिक रूपमा समावेशी सार्वजनिक स्थान र सुविधाहरूमा दिशानिर्देशहरू अपनाउने विशिष्ट कार्यहरूमा योगदान गर्ने एडीबीले जनाएको छ । रासस÷सिन्ह्वा

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  २३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro