देश

काठमाडौं । सिन्धुली जिल्ला आसपास भारी वर्षा मापन गरिएको छ ।
सिन्धुलीको मरिन, रानिबास र आसपासको क्षेत्रमा हाल भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
सो क्षेत्र भइ बहने स–साना खोलाहरूमा जलसतह बढ्ने, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको महाशाखाको पूर्वानुमान छ ।
नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असार २८, २०८० २३:०८
प्रतिक्रिया दिनुहोस्