site stats
बाह्रखरी :: Baahrakhari
कला
‘हात्तीछाप’मा राजाको लुक्समा सौगात 

काठमाडौं । चलचित्र ‘हात्तीछाप’मा सौगात मल्ल राजाको भूमिकामा देखिने भएका छन् । राजाको गेटअपमा देखिएका सौगातको लुक्स सार्वजनिक भए पनि उनको भूमिकाबारे निर्माण पक्षले केही खुलाएको छैन । 

चलचित्रमा दयाहाङ राई, नायिका उपासना सिंह ठकुरी पनि मुख्य भूमिकामा छन् । 

प्रदीप भारद्धाजको लेखन रहेको यचलचित्रलाई सिमोस सुनुवारले निर्देशन गरिरहेका छन् । सामाजिक कथावस्तुमा बनिरहेको यो चलचित्र काठमाडौं र पोखरामा खिचिनेछ ।

चलचित्रमा दयाहाङ, सौगात, उपासना, बेनिशा हमाल, बुद्दि तामाङ, विजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय रहनेछ । 
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्