site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारको दौडमा छैनौँ, एमालेको पछि लाग्दैनौँ
SkywellSkywell

काठमाडौं । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलको स्वतन्त्र हैसियत भएको सम्झाउनुपर्यो । बैठकको आकस्मिक समयमा बोलेका उनले पार्टीलाई विचार राख्ने विषयमा बाइपास भएको र रास्वपा आफ्नो छुट्टै मुद्दामा अडिएको दल भएको जानकारी सदनलाई गराउनुपर्यो ।

“दुई दिनअघि संसद्मा रास्वापालाई बाइपास गरेर कुरा राख्न दिइएन, त्यसप्रति घोर आपत्ति जनाउँछु । रास्वपा कुनै दलका मुद्दामा होइन, आफ्ना मुद्दामा स्वतन्त्र उभिएको छ । प्रमुख प्रतिपक्षको भनाइ नै हाम्रो पनि हो भन्ने जुन जालसाजी भएको छ, त्यसप्रति आपत्ति प्रकट गर्दछु,” लामिछानेले आफ्नो अभिव्यक्तिको क्रममा बोले ।

रास्वपा अहिले संसद्को चौथो ठूलो शक्ति हो । एक वर्षको अवधिमा रास्वपाले संसदीय राजनीति मात्र होइन, सत्ता राजनीतिको अनुभव समेत अँगालिसकेको छ । तर, पार्टीका गतिविधि र कार्यशैलीलाई लिएर नेकपा (एमाले)को छाया बन्न खोजेको विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ ।

KFC Island Ad
NIC Asia

पार्टीलाई अहिले आफ्नो स्वतन्त्र हैसियत भएको बुझाउनुपर्ने बाध्यता आइपरेको भन्दै दलका नेताहरू गुनासो गर्छन् । सोमबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा संसदीय मामिला बिटका सञ्चारकर्मीहरूसँगको संवादमा सभापति लामिछानेले आफूहरूलाई एमालेको पछि लागेको भनेर भाष्य निर्माण गर्न खोजिएकोमा आपत्ति जनाए ।

“पहिला सरकारमा जाँदा हामीलाई माओवादीको पछि लाग्यो, प्रचण्डको पछि लाग्यो भनियो । हाम्रा निर्णय हेर्नुभयो भने यति स्वतन्त्र रूपमा निर्णय गरेको अति नै कम दल छन् । गत पुस १० को निर्णयअनुसार उपसभामुख हाम्रो दलबाट हुने भन्ने थियो, त्योअनुसार गयौँ । सरकारमा बस्न सकुन्जेल बस्यौँ । जब त्यो सहमति टुट्यो, त्यसमा बसिरहनुपर्ने आवश्यकता भएन,” लामिछानेले भने, “प्रतिपक्षमा एमाले ठूलो दल होला । तर हामी एमालेको पछि लाग्यो भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । हामी एमालेको पछि लाग्ने होइन, जनताको मुद्दाको पछि लाग्ने हो । न हिजो हामी माओवादीको पछि थियौं, न कांग्रेसको पछि थियौं, न एमालेको पछि छौँ ।”

Royal Enfield Island Ad

सभापति लामिछाने पार्टीको हरेक निर्णयहरू स्वतन्त्र रुपमा हुने गरेको बताउँछन् । तर, कहिले सत्तापक्ष र कहिले प्रतिपक्षीनिकट भनेर आरोप लाग्ने गरेको भन्दै उनी सबै प्रतिपक्षीको एजेण्डा समान हुन नसक्ने बताउँछन् ।

“अहिले पनि प्रतिपक्षमा मुद्दा होलान्, तर सबै एउटै हुन सक्दैन । जस्तो सांसद विकास कोषको नाम जे दिए पनि हाम्रो आफ्नो अडान छ । एमालेको अडान के हो त ?” लामिछानेको प्रश्न छ ।

सभापतिको जस्तै गुनासो उपसभापति डोलप्रसाद अर्यालको पनि छ । जनताले रास्वपाको प्रत्येक गतिविधिमा चासो दिइरहेको भन्दै सूचना प्रवाहमा समस्या हुँदा गलत सन्देश गइरहेको उनी बताउँछन् । सरकारले बजेटमा षड्यन्त्र गरेर जिल्ला निर्वाचन खारेज गर्नखोज्दा रास्वपाले पटकपटक अडान लिएर निर्णय उल्टाउँदा पनि प्रचार चाहिँ एमालेको पछि लागेर रास्वपाले काम गरेको भन्ने भएको बताउँछन् ।

“सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजेको थियो । यो ‘डे वान’देखि रास्वपाले प्रयास गरेर निर्णय उल्टाउन सफल भयो,” अर्याल भन्छन्, “तर, समाचार आउँदा के आयो भने एमालेसहित रास्वपाले जिल्ला निर्वाचन खारेजीको विरोध गर्यो । त्यही ठाउँमा रास्वपासहित एमालेले भनेर विरोध गरेको कुरा आएको भए हुन्थ्यो होला नि ।”

सरकारको दौडमा छैनौँ

उपनिर्वाचनअघि रास्वपलाई सरकारमा लैजान भन्दै सत्ता गठबन्धनले अफर गरेको थियो । तर, दल सरकारमा गएन । दलका नेताहरू अहिले पनि पार्टी सरकारमा जाने कुनै तयारी नभएको बताउँछन् ।

सभापति लामिछानेले अहिले रास्वपा सरकारको दौडमा नभएको बताए । पार्टी संगठन निर्माणमा लागेको भन्दै उनले यही गठबन्धन निरन्तर होस् भन्ने पार्टीको चाहना रहेको बताए ।

“उपनिर्वाचनपछि प्रधानमन्त्रीले सरकारमा सहभागी हुनुस् भनेर प्रस्ताव राख्नुभएको थियो, हामीले जाने इच्छा व्यक्त गरेनौँ । उहाँहरूको जे समझदारी भएको छ, त्योअनुसार नै गठबन्धन गए हुन्छ । हामी संगठन निर्माणमा नै लागेका छौँ । हामी सरकारमा जाने रेसमा छैनौँ,” लामिछानेले भने, “हामी स्थायित्वका पक्षमा छौँ । जनतामा सरकार आज नै ढल्ला कि, भोलि नै ढल्ला कि, गठबन्धन परिवर्तन भइहाल्ला कि भन्ने वातावरण नबनोस् भन्ने चाहन्छौँ । र, जिम्मेवार राजनीतिक दलले चाहने पनि त्यै नै हो ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro