काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति समवेदना प्रकट गर्न बालुवाटारमा बिहीबारसम्मको समय छुट्याइएको छ ।
प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव सन्तकुमार दराई ‘परवाना’ले विज्ञप्ति जारी गर्दै बिहीबार बिहान ८–११ र बेलुकी ४–६ बजेसम्मको समय छुट्याइएको जानकारी दिएका हुन् ।
“शोकको यस दुःखद् समयमा समवेदना प्रकट गर्न आउनुहुने शुभेच्छुकहरुका लागि श्रद्धाञ्जली अर्पण गर्ने व्यवस्था असार २९ गतेसम्म बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म र अपराह्न ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म सम्माननीय प्रधानमन्त्री ज्यूको सचिवालय बालुवाटारमा समय व्यवस्थापन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्रीपत्नी दाहालको बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।