site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
साउनमा ब्याजदर घट्ने, बैंकहरू आफैले ब्याजदर तोक्ने

काठमाडौं । वाणिज्य बैंकको ब्याजदरमा हुँदै आएको भद्र सहमति आगामी साउनदेखि तोडिने भएको छ । आज बसेको नेपाल बैंकर्स संघको बैठकले वाणिज्य बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार ब्याजदर बढाउन र घटाउन पाउने निर्णय गरेको हो ।

हाल बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिँदै आएका छन् । बैकहरूमा तरलता सहज भएकाले अब ब्याजदरमा एकरूपता आवश्यक नरहेको बताइएको छ ।

Dabur Nepal
NIC Asia

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरूले अन्तर बैंक कारोबार गर्न छोडेर त्यसको ब्याजदर पनि घट्दै गएको छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि ८२ प्रतिशतभन्दा तल झरेको छ । यस्तो अनुपात ९० प्रतिशतसम्म कायम गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यसले पनि बैंकमा तरलता सहज हुँदै गएको देखिन्छ । आगामी दिनमा बैंकहरूको ब्याजदर घट्दै जाने पनि बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro