site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सञ्चारसचिवको बन्दीप्रत्यक्षीकरण रिट श्रेष्ठको इजलासमा

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतको तर्फबाट पेस गरिएको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।

बुधबार राउतको तर्फबाट उषा कार्कीले सर्वोच्च अदालतमा दर्ता गराएको रिटमा आज प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको हो ।

Dabur Nepal
NIC Asia

यसअघि, सोही प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई रिहा गर्नुपर्ने माग राखेर सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिटहरू दर्ता गराएका थिए । उक्त रिटमा प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी गरिएको थियो ।

नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लिखित जवाफ पेस गरेपछि ती रिटहरूमा पेसी तोकिएको थियो । दोस्रो सुनुवाइमा न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले गुरुङ, शाह र गौतमको रिटलाई ०७८ मा ललितानिवास प्रकरणमा आफूलाई पक्राउ नगर्न माग गर्दै १७ जनाले दर्ता गरेको रिट समेतलाई लगाउमा राखी सँगै सुनुवाइ गर्न आदेश दिएको छ ।

१७ जनाको उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले ललितानिवास प्रकरणमा छानबिन भएको किर्ते मुद्दामा अनुसन्धानका लागि पक्राउ नगर्न आदेश दिएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro