site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नबिल बैंकले पुरा गर्‍यो ३९ वर्ष

काठमाडौं । नबिल बैंक लिमिटेडले ३९औँ वर्ष पूरा गरेको छ । नेपालको पहिलो निजी क्षेत्रको बैंकका रूपमा १२ जुलाई सन् १९८४ मा स्थापना भएको नबिलले आज ३९ वर्ष पुरा गरेको हो ।

३९औँ वार्षिकोत्सवकोे अवसरमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकलाई निरन्तर सर्वाेत्कृष्ट बनाएकोमा बैंकका कर्मचारीलाई धन्यवाद दिए ।

त्यस्तै बैंकप्रति अटुट भरोसा राखिएकोमा ग्राहकहरूलाई आभार प्रकट गर्दै यस्तै भरोसा राख्ने वातावरण बैंकले निरन्तर बनाउने प्रतिबद्धता व्यक्त गरे ।

सरल र ग्राहकमैत्री सेवा दिने क्रममा नबिल बैंकले प्रविधिको प्रयोगलाई मुख्य प्राथमिकता दिँदै आएको छ । सरलीकृत बैंकिङ सेवा विस्तार गर्ने क्रममा उच्चतम प्रविधिको प्रयोग गर्दै आएको नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङको सुरु गरेको बताइएको छ ।

नबिलले सन् १९९४ मा पहिलो पटक एटीएम सर्भिसको सुरुआत गरेको थियो । त्यस्तैगरी सन् २०१२ मा पहिलो पटक मोबाइल बैंकिङको सुरु गरी मोबाइलबाट बैंकिङ सुविधा लिने प्रविधि भित्राइएको बैंकले जनाएको छ ।

नबिल बैंकले २०१४ मा अन्तर्राष्ट्रिय मास्टर कार्ड तथा डेबिट कार्डमा स्मार्ट चिप समावेश गरेको थियो । सन् २०१६ सालमा नबिलले कन्ट्याकलेस पेमेन्ट कार्ड नेपालमा पहिलो पटक ल्याएको थियो ।

नबिलले पछिल्लो पटक सन् २०२२ मा एन बैंकको सुरुआत गरेर नेपालमा पहिलो पटक नियो बैंकिङको सुरु गरेको थियो । नबिल बैंकको कुल निक्षेप तीन खर्ब ७८ अर्ब रुपैयाँ र कुल कर्जा तीन खर्ब ४० अर्ब पुगेको छ । नबिलले २० लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको दाबी गरेको छ ।

नबिलले २६४ शाखा कार्यालय र २९८ एटीएम मेसिनहरूमाफर्त सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  २०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro