site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । अघिल्लो बैठकको ठिक एक वर्षपछि आज बैठक बस्न लागेको हो । 

विधानअनुसार कांग्रेसको केन्द्रीय समिति बैठक प्रत्येक दुई महिनामा बस्नुपर्ने हो । तर, कहिले सत्ता राजनीति मिलाउन त कहिले पार्टी नेता बालकृष्ण खाँण भ्रष्टचार मुद्दामा फसेपछि मिति तोकेर पनि बैठक सर्दै आएको छ । 

बिहान ९ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बसेर केन्द्रीय कमिटी बैठकका एजेन्डालाई अन्तिम रूप दिइनेछ । 

Dabur Nepal
NIC Asia

यी हुन् बैठकका एजेन्डा
एक वर्षपछि बस्न लागेको बैठकको औपचािरक एजेन्डा पूर्ण रूपमा तय नभए पनि मोटामोटी एजेन्डाहरू तय भएको नेताहरू बताउँछन् । 

कांग्रेसको मंसिर ४ मा सम्पन्न भएको निर्वाचनको समीक्षा गरेकै छैन । गठबन्धन गर्दा पार्टी संगठनप्रति कार्यकर्ताको आशा र निराशाको विषयमा समीक्षा हुने देखिन्छ । यस्तै, पार्टीको नीति महाधिवेशनको विषय पनि अर्को मुख्य एजेन्डा भएको बताइएको छ । 

बैठकले असार २१ र २२ गते बसेको जिल्ला सभापतिहरूको भेला र सदस्यताको विषय, पटकपटक भएका कार्यसम्पादन समिति बैठकका निर्णयहरूको अनुमोदन पनि बैठकको विषय हुन् । 

एक वर्षपछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेन्डा, खाँणको मुद्दामा सफ्ट बस्ने 

पार्टी केन्द्रीय समिति बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थाको तदर्थ समिति नबनेको र बनेका समितिहरूमा पनि धेरै असन्तुष्टिहरू छन् । यो विषयमा पनि प्रश्न उठ्ने देखिन्छ । यस्तै, विधानबमोजिम ६ महिनाभित्र गठन नभएको विभागको विषय, पार्टीको विभिन्न विषयमा अँगाल्नुपर्ने नीतिलगायतको विषयमा चर्चा हुनेछ ।

नयाँ दलको उदय र जनतामा पार्टीप्रतिको धारणा, पार्टीले बदलिएको परिस्थितिमा लिनुपर्ने नीतिलगायत विषयमा पनि छलफल हुने देखिन्छ । यसबाहेक समसामयिक राजनीतिक विषयमा पनि छलफल गर्ने तयारी कांग्रेसको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro