site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६ महिनामै गुमे अर्का ‘रूपा रत्न’

पोखरा । कास्कीको रूपा गाउँपालिकाले ६ महिनामा नै अर्का 'रूपा रत्न'लाई गुमाएको छ ।

रूपा गाउँपालिकाले विभिन्न विधामा विशिष्ट योगदान पुर्‍याउनेहरूलाई रूपा रत्नले सम्मान गर्छ । ०७८ मा सम्मानित भएका थिए– पाइलट चेतबहादुर गुरुङ ।

मंगलबार बिहान १० बजे उनै गुरुङ सोलुखुम्बुको सुर्केबाट पाँचजना मेक्सिकन नागरिक लिएर काठमाडौंका लागि उडान भरेका थिए । तर, उनी गन्तव्यमा पुग्न पाएनन् । सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ स्थित लामजुरा डाँडामा भएको दुर्घटनामा उनीसहित ६ जनाकै ज्यान गयो ।

उडेको केही मिनेटमा नै गुरुङले उडाएको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको थियो ।

गुरुङ रूपा गाउँपालिका–६ मोहरियामा जन्मेका हुन् । रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा सम्झन्छन्, “उहाँ जन्मेको यहीँ हो, अध्ययन गरेको यहीँ नै हो । अहिले पनि बसाइसराइँमा लाग्नुभएको थिएन । समयसमयमा जन्मथलो आइरहनुहुन्थ्यो ।”

उनका अनुसार रूपा गाउँपालिकाले उनलाई ०७८ मा ताम्रपत्रसहित 'रूपा रत्न'ले सम्मान गरेको थियो ।

एक वर्ष नपुग्दै रूपा गाउँपालिकाले दोस्रो 'रूपा रत्न' गुमाएको हो । यसअघि गत माघ १ गते सेती खोचमा यती एयरको विमान दुर्घटनाका क्रममा अर्का 'रूपा रत्न' पाइलट कमल केसीलाई गुमाएको थियो । उनको स्मृतिमा पालिकाले सालिक बनाउने निर्णय गरेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro