site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
पुनः रिलिज हुँदै दयाहाङको ‘बिहे पास’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बिहे पास’ पुनः रिलिज हुने भएको छ । असार २९ गते शुक्रबार ‘बिहे पास’ रिलिज हुने भएको हो । 

दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्र यसअघि नयाँ वर्षको छेको पारेर वैशाख १ गते रिलिज भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, त्यही दिन दयाहाङ नै मुख्य भूमिकामा रहेको अर्को चलचित्र ‘जारी’ पनि रिलिज भएको थियो । ‘जारी’को छायामा ‘बिहे पास’ पर्दा यसले उत्साहजनक बक्सअफिस कलेक्सन गर्न सकेको थिएन । 

‘बिहे पास’लाई प्रवेश पौडेलले निर्देशन गरेका छन् । 

Global Ime bank

असार २९ गते नै चलचित्र ‘बगान’ रिलिज हुँदै छ । सरोज खनालले निर्देशन गरेको चलचित्रमा करिष्मा मानन्धर मुख्य भूमिकामा छिन् । चलचित्रले एकल महिलाको कथा भन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय