site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिनेमा छायांकन स्टुडियो निर्माण सुरुको प्रधानमन्त्रीद्वारा उद्घोष 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले काभ्रेपलाञ्चोकको बनेपामा निर्माण घोषणा गरेको सिनेमा छायांकन इनडोर स्टुडियो निर्माण कार्य सुरु गरेको उद्घोष गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार स्टुडियो निर्माण कार्य सुरु भएको उद्घोष गरेका हुन् । 

चलचित्र विकास बोर्डले बनेपा नगरपालिका १० र १३ नम्बर वडामा निर्माण गर्न लागिएको इनडोर स्टुडियोको यसअघि नै ठेक्का स्वीकृत भइसकेको छ । ४२ रोपनी क्षेत्रफलमा स्टुडियो बन्ने भएको छ । 

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको बोर्डले ०८१ माघ २७ गते आर्थिक वर्ष ०८१/८२ का लागि बोलपत्र आह्वान गरेको थियो ।

स्टुडियो निर्माणको ठेक्का यू एन्ड एस–एनएस– रेग्मी जेभी माझी फेडा काभ्रे कम्पनीले पाएको बोर्डले जनाएको छ ।

स्टुडियो ५ करोड ३६ लाख ८६ हजार ८४४ रुपैयाँ बजेटमा बन्नेछ । निर्माण उद्घोष कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसीले १६ वर्षको प्रतिक्षापछि छायांकन स्टुडियो बन्न लागेको बताए । 

चलचित्रकर्मीमा रहेको धैर्यता, सहनशीलता र प्रतिक्षा गर्ने क्षमता प्रशंसायोग्य रहेको उनले बताए । आफूले दुई वर्षे कार्यकालमा गर्न सक्नेजति काम गरिरहेको उनले प्रष्ट पारे । 

आफूसँग रहेको समयावधीमा गर्न सक्नेजति काम मात्रै गरे पनि धेरै काम हुने उनको भनाइ छ ।  

१६ वर्षपछि सिनेमा छायांकनका लागि इनडोर स्टुडियो बन्न लागेको हो । लामो समयदेखि हरेक वर्षको नीति तथा कार्यक्रम र वर्ष बजेटमा इनडोर स्टुडियोको योजना समावेश भए पनि बन्न भने सकेको थिएन । 

यसपटक भने प्रधानमन्त्री केपी शर्मा ओलीले शीलान्यास गरेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro