site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं जिल्ला अदालतभित्र पार्किङ गर्न नपाएपछि कानुन व्यवसायी आन्दोलित

काठमाडौं । काठमाडौं जिल्ला अदालतभित्र सवारी साधन पार्किङमा रोक लगाएपछि कानुन व्यवसायीहरू आन्दोलित भएका छन् । बबरमहलस्थित काठमाडौं जिल्ला अदालत परिसरभित्र काम विशेषले आउने कानुन व्यवसायी र सेवाग्राहीलाई पार्किङ गर्न नदिइएको भन्दै कानुन व्यवसायीहरू आन्दोलित भएका हुन् ।

उनीहरूले अदालत प्रशासनलाई सर्वसाधारणका लागि पार्किङको व्यवस्था गर्न ज्ञापनपत्रसमेत बुझाएका छन् ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अधिवक्ता यज्ञमणि न्यौपानेले अदालतले भित्र पार्किङ गर्न नदिने र महानगरपालिकाले सडक पेटीमा पार्किङ गर्न नदिने भएकाले सर्वसाधारण समस्यामा परेका बताए । उनले पार्किङस्थलमा क्यान्टिन सञ्चालन गरिएको भन्दै क्यान्टिन हटाएर पार्किङ गर्न दिइनुपर्ने बताए । अदालतले नक्सा पासबिनाको भवन बनाएर गैरकानुनी काम गरेको पनि उनको भनाइ छ । 

काठमाडौं जिल्ला अदालत नेपाल बार एसोसिएसनका अध्यक्ष रामचन्द्र पौडेलले सोमबारदेखि नै जिल्ला अदालतको गेट नम्बर ४ मा कानुन व्यवसायीहरूका लागि पार्किङ सुविधा गरिएको बताए । उनले अन्डरग्राउन्ड पार्किङ पनि छिट्टै खुल्ने बताए । समस्या समाधानका लागि अदालत र बार एसोसिएसनबीच संवाद भइरहेको उनको भनाइ छ ।

आन्दोलित कानुन व्यवसायीहरूले पार्किङ खुलाउनुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro