site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली क्रिकेट खेलाडीको बिदाइ
फाइल तस्बिर ।

काठमाडौं । यही जुलाई १३ देखि श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कपमा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच खेलकुदमन्त्री डिगबहादुर लिम्बूसहित क्यानका पदाधिकारीले नेपाली टिमलाई बिदाइ गरेका हुन् ।

कार्यक्रममा राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले इमर्जिङ कपलाई निकै महत्त्वका साथ हेरिएको बताए । जितको लक्ष्यका साथ खेल्ने उनले उल्लेख गरे ।

खेलाडीलाई सरकारले आवश्यक सहयोग गर्नुपर्ने उनले बताए । फुटबलमा भएजस्तो खेलाडी पलायनलाई रोक्नुपर्नेमा उनले जोड दिए ।

मुख्य प्रशिक्षक मोन्टी देशाईले पछिल्लो समय नेपाली टिमले धेरै अनुभव हासिल गरेको र इमर्जिङ कपमा राम्रो नजिता निकाल्ने विश्वास व्यक्त गरे ।

प्रतियोगिता जुलाई १३ देखि २३ तारिखसम्म हुनेछ । नेपाल समूह ‘बी’मा छ । यो समूहमा यूएई, पाकिस्तान ‘ए’ र भारत ‘ए’ पनि छन् । समूह ‘ए’मा श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र ओमान छन् ।

नेपालले जुलाई १४ मा पाकिस्तान ‘ए’सँग पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेलमा जुलाई १७ मा भारत ‘ए’को सामना गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले जुलाई १९ मा यूएईसँग खेल्नेछ ।

जुलाई २१ मा सेमिफाइनल खेल हुनेछ । फाइनल खेल जुलाई २२ मा हुने तय छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro