site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक दाउपेचका लागि दुई दिनपछि मिडियामा ल्याइयो’
फाइल तस्बिर ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक दाउपेच बनाएर समाज निर्माण हुन नसक्ने बताएकी छन् । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहमा उनले यस्तो बताएकी हुन् ।

असार १८ गते दिएको अभिव्यक्तिलाई दुई दिनपछि सञ्चारमाध्यममा ल्याउने र राजनीतिक दाउपेच बनाउने काम भएको आरोप उनले लगाइन् । उनले अहिले नेपालको राजनीति कलंकित बनिरहेको उल्लेख गरिन् ।

सुन्दर समाजको परिकल्पना गरेर अघि बढ्दा ठूला बाधा–अड्चन आएको उनको भनाइ छ । “कहीँ न कहीँ राजनीति कलंकित हुँदै छ, आज कहीँ न कहीँ राजनीतिलाई सफा र पारदर्शी बनाऊँ भन्दा आज सहमति जुट्न सकेको छैन । हामीले राजनीतिलाई कतै न कतै दाउपेच र लेनदेनको खेल पनि बनाएका छौँ,” उनले भनिन्, “समाजमा बडो दुःखद परिदृश्यहरू आइपरेका छन् । आज हामी सुन्दर समाजको परिकल्पना गरेर अघि बढ्दा ठूला बाधा–अड्चन आएका छन् । राजनीति सहजै सफा हुन सक्दैन भन्ने कुरा देखिएको छ । १८ गते बोलेको कुरालाई दुई दिनपछि मिडियामा ल्याउने, अनि त्यसलाई हामीले राजनीतिमा एउटा दाउपेचको कुरा गर्दा स्वच्छ समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ ? पुष्पलालले परिकल्पना गरेको समाज निर्माण गर्न साँच्चै सक्छौँ कि सक्दैनौँ भन्ने कुराको चुनौती आइपरेको छ ।”

मन्त्री ठकुरीले राजनीति सहजै सफा हुन नसक्ने स्थिति देखिएको बताइन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro