site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतका उत्तरी र पश्चिमी राज्यमा भारी वर्षा, ठूलो आर्थिक क्षति 

काठमाडौं । दुई दिनदेखि भारतका उत्तरी र पश्चिमी राज्यमा परेको अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । पछिल्लो २४ घण्टामा भारी वर्षाका कारण यी राज्यहरूमा ठूलो आर्थिक क्षति भएको बीबीसीले जनाएको छ । केहीको मृत्युसमेत भएको समाचारमा उल्लेख छ । 

राजधानी दिल्लीलगायत उत्तराखण्ड, हरियाणा, पञ्जाब, हिमाचल प्रदेश, जम्मू कश्मीरलगायत राज्यहरूमा आइतबार र सोमबार पनि भारी वर्षा भइरहेको छ । पश्चिमी राजस्थान र गुजरातमा पनि भारी वर्षा भइरहेको छ । 

भारतीय मौसम विभागले यी राज्यहरूमा आगामी २४ घण्टाका लागि ‘रेड अलर्ट’ जारी गरेको छ । पश्चिम उत्तर प्रदेश र राजस्थानका लागि ओरेन्ज अलर्ट जारी गरिएको छ ।

मौसम विभागले आजलाई यी क्षेत्रमा अलर्ट जारी गरेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro