site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पीएसजीलाई एमबाप्पेले भने– विभाजनकारी क्लब

काठमाडौं । फ्रान्सका फरवार्ड काइलियन एमबाप्पेले आफ्नो क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) लाई ‘विभाजनकारी’को संज्ञा दिएका छन् ।

क्लबसँगको सम्झौतालाई लिएर चर्चामा रहेका एमबाप्पेले फ्रान्स फुटबल म्यागाजिनसँग पीएसजीलाई विभाजनकारी भनेका हुन् ।

पीएसजीका उच्च गोलकर्तासमेत रहेका २४ वर्षीय एमबाप्पे र क्लबबीच आगामी वर्षसम्मको सम्झौता छ । यसकारण क्लबले सम्झौता नवीकरणका लागि दबाब दिँदा एमबाप्पेले भने सम्झौता नवीकरण नगर्ने बताएका छन् ।

Dabur Nepal
NIC Asia

“मलाई लाग्छ पीएसजीबाट खेल्दा यसले धेरै सहयोग गर्दैन, किनकी यो विभाजनकारी टिम हो,” रिर्पोटको दाबी गर्दै बीबीसीले लेखेको छ ।

आगामी वर्ष सम्झौता समाप्त हुने भए पनि एमबाप्पे नवीकरणको पक्षमा नरहँदा पीएसजीका अध्यक्ष नासेर अल–खेलाइफी पनि उनलाई ‘फ्री ट्रान्सफर’ मा जान दिने पक्षमा देखिँदैनन् ।

पीएसजीबाट पाँचपटक लिग वानको उपाधि जितेका एमबाप्पे सन् २०१७ मा मोनाकोबाट आएका थिए । गत सिजन पीएसजीले लिग वानको उपाधि जित्दा एमबाप्पेले सबैखाले प्रतियोगितामा गरी ४१ गोल गरेका थिए । तर, गत सिजन पनि पीएसजीले क्लबको सबैभन्दा महत्त्वपूर्ण लक्ष्यमा रहेको च्याम्पियन्स लिगको उपाधि जित्न भने सकेन । गत सिजन पीएसजी च्याम्पियन्स लिगको अन्तिम–१६ बाट नै बाहिरिएको थियो । 

“हामीले गर्न सक्ने जति गर्‍यौँ । हामीले टिम बनाउने मानिसहरू र यो क्लब बनाउने मानिसहरूसँग छलफल गर्न आवश्यक छ,” एमबाप्पेले भने ।

पीएसजीले हालैमात्र स्पेनका पूर्वमुख्य प्रशिक्षक लुइस एनरिकेलाई टिमको प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ । एनरिकेले यसअघिका मुख्य प्रशिक्षक रहेका क्रिस्टोफर गाल्टियरको स्थान लिएका हुन् ।

पीएसजीले यसअघि अर्जेन्टिनाका कप्तान ३६ वर्षीय लियोनल मेसीलाई मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीका जान फुकुवा गरिसकेको छ । यता, क्लबका अर्का फरवार्ड नेइमारको भविष्य पनि अन्योलमा देखिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro