site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेले सदनमा प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिनुपर्छ : प्रदीप यादव
फाइल तस्बिर।

काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले नेकपा (एमाले)ले संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्न दिनुपर्ने बताएका छन् । प्रधानमन्त्रीलाई सम्बोधन गर्न समेत नदिएर संसद अवरुद्ध गर्ने एमालेको कामले कसैलाई पनि फाइदा नपुग्ने उनको भनाइ छ ।

आइतबार संघीय संसद् परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक यादवले एमालेले निरन्तर संसद् अवरुद्ध गरे मुलुक झनै संकटमा फस्दै जाने अवस्था आएको जिकिर समेत गरे । संसद् अवरुद्ध गरेर एमालेले सिंगो मुलुकलाई नै घाटामा पार्ने काम गर्न नहुने उनको भनाइ छ ।

प्रमुख सचेतक यादवले प्रधानमन्त्रीले सबैलाई चित्त बुझाउने गरी संसद्मा आफ्नो विवादास्पद अभिव्यक्तिबारे जवाफ दिने भएकाले एमालेले त्यसमा अवरोध गर्न नमिल्ने पटकपटक दोहोर्‍याए ।

“विज्ञप्तिको कुरा होस् वा सम्माननीय प्रधानमन्त्रीजीको जुन अभिव्यक्तिको कुरा आइराखेको छ, संसद्मा जब प्रधानमन्त्रीजीले भनिसक्नु भएको छ कि म संसद्मा कुरा राख्छु । र, मैले कुरा राखिसकेपछि सबैको चित्त बुझ्छ भने उहाँको विश्वास छ,” उनले भने, “त्यसकारण संसद्मा त कुरा सुन्नु पर्छ । अब संसद्मा कुरा नसुनिकन विज्ञप्तिको कुरा गरेर कसलाई फाइदा हुन्छ ? बताउनुस् त । प्रमुख प्रतिपक्षलाई फाइदा हुन्छ कि सत्ता पक्षलाई फाइदा हुन्छ ? घाटा त मुलुकलाई भयो । घाटा त नागरिकलाई हो ।”

प्रमुख सचेतक यादवले संसद अवरुद्ध पार्नका लागि जनताले मत नदिएकोतर्फ पनि एमालेको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro