site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बासी भात दिएपछि सौतेनी आमाको हत्या !
सांकेतिक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सौतेनी आमाको हत्या गरेको आरोपमा धनुषा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ३९ वर्षीया मिरादेवी भगतको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले भारतको बेतिया जिल्ला नरकटियागञ्जका २० वर्षीय प्रेम भगतलाई पक्राउ गरेको हो ।

भगत पूरै परिवार धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ स्थित शिवनगरमा डेरा गरी बस्दै आएका थिए । सुरुमा मिराले आफैँ आगो लगाई आत्महत्या गरेको भनिए पनि पछि प्रहरीले अनुसन्धान गर्दै जाँदा प्रेमले हत्या
गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार सौतेनी आमासँग विवाद भएपछि प्रेमले चिरपट प्रहार गरी हत्या गरेको देखिएको छ ।

प्रहरीसँगको बयानका क्रममा प्रेमले असार २३ गते शनिबार बिहान आफूले मिरासँग खाना माग्दा बासी भात दिएको बताएका छन् । आफूले 'होटेलमै खान जान्छु, यहाँ खान्न' भनेर बाहिर जान खोजेपछि आफूलाई गाली गर्दा विवाद भएको प्रेमको दाबी छ । 

Global Ime bank

प्रेमले बुवाको नाम लिएर अनावश्यक गाली गर्न लागेपछि आफूले सौतेनी आमालाई धक्का दिएको र आफू माथि चिरपटले प्रहार गर्न खोजेपछि सोही चिरपट खोसेर पिठ्युँमा हान्न खोज्दा टाउकोमा लागेर तत्काल मृत्यु भएको प्रहरीसमक्ष बयान दिएका छन् ।

चिरपट प्रहारबाट घटनास्थलमै मिराको मृत्यु भएपछि प्रेमले घरमै आगो लगाएर शव जलाएको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement