site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खाल्डोको पानीमा डुबेर दाजुभाइको मृत्यु
प्रतीकात्मक तस्बिर ।

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४, जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोको पानीमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।

स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।

शनिबार दिउँसो घरबाट निस्किएका बालकद्वय राति अबेरसम्म नफर्किएपछि अभिभावकले खोज्दै जाँदा गए राति घरभन्दा ३०० मिटरको दूरीमा रहेको बाँके खोलामा खनिएको खाल्डोमा शव फेलापरेको थियो । नागेन्द्रका दुवै छोराको मृत्यु भएपछि अहिले पूरै जिङ्गडवा गाउँ शोकमाा डुबेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro