site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नागरिकताका आधारमा केरुङ पास
फाइल तस्बिर ।

रुसुवा । नेपाल–चीन सीमामा पर्ने केरुङ नाकासम्म आवतजावतका लागि दिइने स्थायी परिचयपत्र नागरिकता प्रमाणपत्रका आधारमा प्रदान गरिने भएको छ । यसअघि, सीमा क्षेत्रका बासिन्दालाई केरुङ आवतजावत गर्न नागरिकता प्रमाणपत्र वा बसाइँसराइको कागजका आधारमा स्थायी परिचयपत्र उपलब्ध गराइँदै आएको थियो ।
         
बाहिर जिल्लाका नागरिकले फर्जी बसाइँसराइ कागज पेस गरी केरुङ जाने परिचयपत्र लिएको भन्ने जनगुनासो बढेपछि रसुवा जिल्लाबाट जारी भएका नागरिकता प्राप्त गर्ने व्यक्तिलाई मात्र स्थायी परिचयपत्र प्रदान गर्न स्थानीय सरकारले अनुरोध गरेको छ ।

नेपाली नागरिकतामा रसुवाको स्थायी ठेगाना उल्लेख भएका व्यक्ति मात्र सीमा पासका लागि योग्य हुने बताउँदै रसुवा प्रशासनले जारी गरेका नागरिकतालाई आधार मानी परिचयपत्र दिन अध्यागमन कार्यालय टिमुरेलाई गोसाइँकुण्ड गाउँपालिकाले अनुरोध गरेको हो ।

Dabur Nepal
NIC Asia

स्थायी पास नपाउने व्यक्तिलाई केरुङ जाने पहुँच पुर्‍याउन ‘वान डे’ पास उपलब्ध हुने व्यवस्थाका लागि सम्बन्धित निकायमा अनुरोध गरिने गाउँपालिकाले जनाएको छ । समय–समयमा नकारात्मक कुरा उठ्न थालेपछि नेपालको उत्तरी नाका रसुवागढीलाई थप व्यवस्थित र मर्यादित बनाउन स्थानीय सरकारका तर्फबाट पहलकदमी चालिएको गोसाइँकुण्ड गाउँपालिकालका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।

उनका अनुसार नाका क्षेत्रमा हुने कमी–कमजोरीलाई सुधार गरी व्यवस्थित र मर्यादित बनाउन चाल्नुपर्ने कदमका बारेमा स्थानीयसँग पालिकाले सुझाव संकलन गरेको थियो । नाका क्षेत्रमा हुने सम्पूर्ण काम व्यवस्थित र नियमबद्ध तरिकाले गराउने उद्देश्यले टिमुरेमा सुझाव संकलन गरिएको उनले जानकारी दिए ।

नेपाल भित्रने चिनियाँ पर्यटकले प्रयोग गर्ने सवारीसाधनको सही व्यवस्थापन, स्थानीय बासिन्दालाई आवश्यक सामग्री ल्याउन सहजता, सामग्री आयात–निर्यात गर्ने सडक मार्ग सुधारलगायत व्यवस्थापकीय कामका लागि सम्बन्धित निकायसामु गाउँपालिकाले अनुरोध गरेको अध्यक्ष तामाङले बताए ।

रसुवा भन्सार कार्यालय टिमुरेको हलमा बिहीबार सम्पन्न सामूहिक छलफल एवं सुझाव संकलन कार्यक्रममा जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरे, उपप्रमुख विजय लामा, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष उर्केन छिरिङ तामाङ, वडा नम्बर–३ का वडाध्यक्ष मिङ्मर छिरिङ तामाङ, वडा नम्बर–५ का वडाध्यक्ष दावा मिङ्मर तामाङ, वडा नम्बर–६ का वडाध्यक्ष दावा सिदार तामाङ, स्थानीय बासिन्दा, भन्सार प्रमुख रामप्रसाद पाठक, अध्यागमन प्रमुख चूडामणि अर्याल, सञ्चारकर्मीलगायत व्यक्तिको सहभागिता थियो । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro