काठमाडौं । बंगलादेशको एक शिविरमा भएको झडपमा ६ रोहिंग्या शरणार्थीको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) अभियोजकले गवाही लिन बस्तीहरूको भ्रमण गरेको केही घण्टापछि झडप भएका बताइएको छ ।
बंगलादेशमा रोहिंग्या अल्पसंख्यक समुदायका करिब १० लाख सदस्य छन् । उनीहरूमध्ये अधिकांश सन् २०१७ मा छिमेकी देश म्यानमामा भएको सैन्य कारबाहीबाट भागेका हुन् । अहिले संयुक्त राष्ट्र संघको अदालतमा अनुसन्धानको अधीनमा छ ।
शिविरमा सक्रिय दुई प्रतिद्वन्द्वी समूह अराकान रोहिंग्या साल्भेसन आर्मी (एआरएसए) र रोहिंग्या सोलिडारिटी अर्गनाइजेसन (आरएसओ) बीचको घातक झडपको शृंखलामा यस हप्ताको हिंसा सबैभन्दा नयाँ हो ।
शरणार्थी शिविरहरूमा सुरक्षाको रेखदेख गर्ने सशस्त्र प्रहरी बटालियनका प्रवक्ता फारुक अहमदले एएफपी समाचार एजेन्सीलाई शुक्रबार बिहानैदेखि गोली हानेर पाँचजनाको मृत्यु भएको बताए ।
“गोलीबारीमा मारिएका पाँचै जना कमाण्डरसहित एआरएसएका सदस्य हुन्,” उनले भने, “परिणामस्वरूप शिविरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।”
अहमदले एआरएसए सदस्यहरूको हातबाट शरणार्थी समुदायका नेता एबादुल्लाहको हत्या भएको केही घण्टापछि हिंसा भएको बताए । अल्जजिरा