site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मेलम्ची बजारमा ईन्द्रावतीमाथि बन्यो बेलीब्रिज 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित ईन्द्रावती खोलामा बेलीब्रिज निर्माण गरिएको छ ।

करिब दुई वर्षअघि बाढीले बगाएको पुलको स्थानमा निर्माण गरिएको बेलीब्रिजको शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले उद्‍घाटन गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले मेलम्ची बजारदेखि ईन्द्रावती नगरपालिका, पाँचपोखरी गाउँपालिका र जिल्ला सदरमुकाम जोड्ने बेलीब्रिज निर्माणमा सबैको सहयोग प्राप्त भएको बताए । उनले जनताको सेवामा वर्तमान सरकार प्रतिवद्ध रहेको र अहिले आफूले पनि पैसा नभएर उपचार गर्न नपाएका नागरिकलाई निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था मिलाएको बताए ।

सम्झौताअनुसार गरिब बिरामीको उपचार नगरे निजी अस्पतालको लाइसेन्स समेत खारेज गर्ने उनले चेतावनी दिए ।

Global Ime bank

त्यस्तै, प्रधानसेनापति शर्माले जनताको दुःखसुखमा नेपाली सेना सधैँ क्रियाशील हुने बताए ।

गत जेठ २१ गते नेपाली सेनालाई जिम्मेवारी दिएर सो स्थानमा बेलीब्रिज निर्माण गरिएको हो । नवनिर्मित बेलीब्रिजको लम्बाइ ६७.७० मिटर, चौडाइ ४.२ मिटर तथा अधिकतम भारवहन क्षमता १८ टन रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय