site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कवाडी गोदाम हटाउँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका कवाडी गोदाम हटाउने कार्यलाई तीव्रता दिएको छ । बस्तीका बीचमा रहेका कवाडी गोदामका कारण जोखिम उत्पन्न भएको भन्दै महानगरले त्यसलाई हटाउने कार्यलाई तीव्रता दिएको हो ।

यसैक्रममा बिहीबार अनामनगरस्थित कवाडी गोदाम जनप्रतिनिधि र महानगर प्रहरी बलद्वारा हटाइएको छ । महानगर प्रहरीले डोजर प्रयोग गरेर कवाडी गोदाम भत्काएको हो ।

गोदाम खाली गर्न पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले डोजर प्रयोग गरेर हटाउनुपरेको महानगर प्रहरीले जनाएको छ ।

कवाडी व्यवसायीले भने तीन दिनअघि मात्र सूचना पाएको र हटाउने तयारी गरिरहेको अवस्थामा एक्कासि डोजर लगाइएको गुनासो गरेका छन् । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro