site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रूपन्देहीको कोटहीमाई गाउँपालिकाका इन्जिनियर यादव भ्रष्टाचारी ठहर
Sarbottam CementSarbottam Cement

काठमाडौं । रूपन्देहीको कोटहीमाई गाउँपालिकाका तत्कालीन इन्जिनियर अरविन्दकुमार यादव भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् ।

करार सेवामा कार्यरत यादवमाथि वडा नम्बर–७ अन्तर्गतको सडक पीसीसी ढलान र ग्राभेल गर्नका लागि कोटेसनमार्फत काम गरिसकेर भुक्तानी दिन घुस मागेको आरोप लागेको थियो । उनले सेवाग्राहीबाट ४५ हजार घुस लिएको पुष्टि भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८० साउन १५ मा यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेका थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

अख्तियारले बिगोबमोजिम जरिवाना र कैद मागदाबी गरेको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ मा ५० हजारसम्म घुस खानेलाई बिगोबमोजिम जरिवाना र तीनदेखि चार महिनासम्म कैदको व्यवस्था गरिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले बिहीबार यादवलाई दोषी ठहर गरेको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय