site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
'अहिले रेमिट्यान्सलाई मात्र जोड दिँदा भविष्यमा मुलुक दुर्घटनामा पर्न सक्छ'
Sarbottam CementSarbottam Cement

काठमाडौं । सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा अधिकांश सांसदहरूले मुलुकभित्रै रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

उनीहरूले पछिल्लो समय मुलुकभित्र युवा जनशक्ति भन्दा पनि बुढाबुढीहरूको संख्या बढेको सरकारी तथ्याङ्कले देखाएको बताए । सांसदहरूले सरकारले सधैँ वैदेशिक रोजगारीलाई मात्रै प्राथमिकता दिएर रेमिट्यान्स भित्र्याउने प्रयास गर्दा भविष्यमा मुलुक दुर्घटनामा पर्न सक्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरूले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई देशभित्रै कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।

नेकपा (एमाले)का सांसद लालप्रसाद साँवा लिम्बूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको विदेश जानु भन्दा अघि सिप प्रमाणपत्र बनाउने वातावरण सरकारले बनाउनुपर्ने बताए ।

Global Ime bank

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले वर्षैपिच्छे वैदेशिक रोजगारीलाई प्राथमिकता दिन नहुने बताए । उनले मुलुकभित्रै युवाहरूलाई रोजगारी सिर्जना गर्ने वतावारण सरकारले बनाउनुपर्ने बताए ।

सांसद रामशंकर यादवले विदेशमा दुःख काट्ने नेपालीहरूलाई नेपालमा नै व्यवस्थित गर्न आवश्यक रहेको बताए । उनले वैदेशिक रोजगारीमा जानका लागि ऋण लिँदा नै मिटर ब्याजीहरूको जन्म भएको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !