site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण
फाइल तस्बिर ।

काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रलाई कालीकोट जिल्लाका पाँच विद्यार्थीहरूको प्लस टू वा डिप्लोमा अध्ययनमा सहयोग पुर्‍याउनका लागि दुई लाख ५० हजार बराबरको छात्रवृत्ति प्रदान गरेको छ । बैंकले कालीकोट जिल्लाका सरकारी विद्यालबाट एसईई उत्तीर्ण गरी काठमाडौं वा अन्य जिल्लामा गई थप अध्ययन गर्न ईच्छुक विद्यार्थीहरू छात्रावृत्ति प्रदान गरेको हो ।

परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कक्षा ११ र सीटीईभीटीअन्तर्गत डिप्लोमा अध्ययन गरिरहेका पाँचजना विद्यार्थीलाई बैंकले छात्रवृत्ति प्रदान गरेको हो । बैंकका निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले कर्णाली प्रदेश पर्यटकीय तथा साँस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष टेकराज शाहीलाई दुई लाख ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएका विद्यार्थीको अध्यापनमा सहयोग पुर्‍याउने उद्देश्यले वागीश्वरी मावि, भक्तपुरमा अध्ययनरत दत्त कठायत, लोयल्टी एकेडेमी, बूढानीलकण्ठमा अध्ययनरत ईश्वरी शाही, भैरव मावि, सुर्खेतमा अध्ययनरत भावना शाही, बे्रन ल्यान्ड एकेडेमी, बूढानीलकण्ठमा अध्ययनरत सृष्टि शाही र रिलायन्स इन्टरनेसनल एकेडेमी, चावहिलमा अध्ययनरत सृष्टिकुमारी शाहीलाई प्रतिविद्यार्थी ५० हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएकोे छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro