site stats
बाह्रखरी :: Baahrakhari
देश
बाढीपहिरो पीडितको उद्धार र सहयोग गर्न तयारी अवस्थामा रहन ओलीको आग्रह 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विपद् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे जानकारी गराउन आग्रह गरेका छन् । 

सामाजिक सञ्जालमा लेख्दै उनले भने, “बाढीपहिरोबारे सर्वसाधारणलाई पूर्वजानकारी गराउन र आवश्यक उद्धार तथा सहयोग कार्यका लागि तयारी अवस्थामा रहन आग्रह गर्दछु ।”  

Argakhachi Cement Island Ad

उनले  बाढी पहिरोको जोखिमबारे राज्यले आफ्ना निकायहरूलाई यथोचित परिचालन गरोस् भनेर ध्यानाकर्षण समेत गराएका छन् । 

उनले भने, “भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले जनधनको क्षति भएका खबरहरू आइरहेका छन् । पहिरोका कारण राजमार्गहरु अवरुद्ध हुने र यात्रुहरु प्रभावित हुने क्रम बढ्दै छ । त्यसप्रति उच्च सतर्कता अपनाउन, राजमार्गहरुमा ट्राफिक नियमको पालना गर्न म सबैमा अनुरोध गर्दछु ।”

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्