site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘आफैं बेहोर्ने इच्छा राखेका’ राष्ट्रपति पौडेलको उपचार खर्च ५५ लाख निकासा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।

यसअघि भारतमा गरिएको उपचार खर्च आफैं बेहोर्ने इच्छा व्यक्त गरेको भन्दै राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरेको भए पनि परराष्ट्र मन्त्रालयले खर्च निकासाको स्वीकृत अर्थ मन्त्रालयले दिइसकेको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अर्थ मन्त्रालयको बजेट महाशाखालाई असार १८ गते परराष्ट्र मन्त्रालयले पत्र पठाउँदै भनेको छ, “यथार्थ खर्चको बिल भर्पाई बमोजिमको रकम सम्बन्धितलाई भुक्तानी दिने प्रयोजनका लागि ५५ लाख दुई हजार २७९ तपसिलको खर्च शीर्षक नम्बर र क्रियाकलापमा बजेट निकासका लागि अर्थ मन्त्रालयमा लेखी पठाउन मिति २०८० असार १८ गते को निर्णय (सचिवस्तर) को प्रतिलिपि र अन्य आवश्यक कागजातहरु यसै साथ संलग्न राखी पठाइएको व्यहोरा सादर अनुरोध गरिन्छ,” उपसचिव भेषराज भुर्तेलले लेखेको पत्रमा उल्लेख छ ।

वैशाख १९ गते राष्ट्रपतिको स्वकीय सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको थियो, “सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरुको सुझावअनुसार भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुमा विदितै छ । उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयम्ले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC