site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
खाना चोरेर भागेका छोरालाई बुवाले सिकाएको संस्कारको भिडियो चर्चामा

काठमाडौं । चीनमा खानेकुरा चोरेर भागेका आफ्ना छोरालाई बुवाले सिकाएको संस्कारको भिडियो एक कुशल अभिभावकत्वको उदाहरण भन्दै अहिले चर्चामा छ । सिन्ह्वाको रिपोर्ट अनुसार उक्त भिडियो सीसीटीभी क्यामेरामा रेकर्ड भएको हो ।

भिडियोमा सांघाईको एक स्थानीय खाजाघरमा बालकले चामलबाट बन्ने सामान्य परिकार समातेको देखिन्छ । चिनियाँ सामाजिक सञ्जाल वेइबोमा पोस्ट गरिएको भिडियोमा करिब पाँच वर्षको जस्तो देखिने ती बालकले वरपर कोही नदेखिँदा खाजाघरको काउन्टरबाट उक्त खानेकुरा समात्छन् । त्यसपछि ती बालक भाग्छन् ।

Dabur Nepal
NIC Asia

अनि, उनका बुवाले छोरालाई काउन्टरमा फिर्ता ल्याएको देखिन्छ । त्यसका मालिक काउन्टरमा पुग्दा बालकका बुवाले घटनाबारे बताउँछन् । र, उक्त खानेकुराको पैसा दिन्छन् ।

भोजनालय सञ्चालकले सानो बालक र सामान्य खानेकुराका लागि पैसा दिन नपर्ने बताउँछन् । तर, अरूको सामान यत्तिकै समात्न नमिल्ने भन्दै ती बालकका बुवाले छोरालाई माफी माग्न भन्छन् ।

तर, केही असहज महसुस गरिरहेको देखिने ती बालकले माफी माग्दैनन् । त्यसै बेला उनका बुवाले निहुरिएर माफी माग्छन् र फेरि बालकतिर हेर्छन् । बुवाले माफी मागेको देखेपछि बालकले पनि ‘मलाई माफ गर्नुहोस्’ भन्छन् र निहुरिन्छन् ।

यो भिडियोले कसरी आफ्ना बालबालिकालाई संस्कार सिकाउन सकिन्छ र कुशल अभिभावक बन्न सकिन्छ भन्ने देखाएको भन्दै चर्चा पाएको छ ।

केही दिनअघि पूर्वी चीनमा एक बुवाले आफ्नो आठ वर्षीय छोराले कम नतिजा ल्याएकामा पनि पुरस्कृत गरेको भिडियाले चर्चा पाएको थियो ।

यस्तै, केही महिनअघि दक्षिणी चीनमा छिमेकीको कार ‘स्क्र्याच’ गर्ने छोरालाई पैसा दिएर माफी माग्न लगाएको भिडियोले पनि चर्चा पाएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro