site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
इन्स्टाग्रामले ट्विटरको ‘प्रतिद्वन्द्वी’ थ्रेड्स एप सार्वजनिक गर्दै

काठमाडौं । इन्स्टाग्रामले ट्विटरको ‘प्रतिद्वन्द्वी’ एप ल्याउने हल्ला वास्तविक हुने देखिएको छ । इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप, मेसेन्जरलगायत सामाजिक सञ्जालको मुख्य कम्पनी मेटाले आईओएस एप स्टोरमा थ्रेड नाम दिइएको एप राखेको छ । यही जुलाई ६ मा सो एप सार्वजनिक गर्ने तयारी छ ।

ट्विटरको प्रतिद्वन्द्वी एपलाई सार्वजनिक गर्न इन्स्टाग्रामका लागि यो राम्रो समय हुन सक्ने ठानिएको छ । किनकि, पछिल्ला दिनहरूमा ट्विटरले प्राविधिक समस्याको सामना गरिरहेको छ । यस्तोमा स्पिल, ब्लुस्की र पोस्टजस्ता प्रतिस्पर्धी एपलले महत्त्वपूर्ण स्थान पाएका छन् ।

Dabur Nepal
NIC Asia

इन्स्टाग्रामका फ्लोअर्सलाई सोझै थ्रेड्स एपमा पाउन सकिने हुँदा यसलाई प्रतिस्पर्धामा झनै सहज हुने देखिएको छ ।

एप स्टोरको विवरणानुसार मानिसले आफूलाई महत्त्वपूर्ण लाग्ने विषय र भोलि के चर्चामा रहन सक्छ भन्ने बारेमा छलफल गर्ने कम्युनिटी हो, थ्रेड्स । एपमा आफूले मन पराएको मान्छेलाई फलो गर्न सकिने, आफ्नो विचार र रचनात्मक पोस्ट गर्न सकिने जनाइएको छ ।

इन्स्टाग्रामसँग निकट रूपमा जोडिए पनि थ्रेड्स छुट्टै एप हुनेछ । एपमा प्रयोगकर्ताले पोस्ट लाइक, कमेन्ट, रिपोस्ट र सेयर गर्न सक्ने देखिएको छ । आफ्नो पोस्टमा कसले रिप्लाइ गर्न सक्छ वा जवाफ दिन सक्छ भनेर तय गर्न सक्ने फिचर पनि रहेको देखिएको छ ।

मनी कन्ट्रोलका अनुसार इन्स्टाग्रामका प्रवक्ताले थ्रेड्सलाई डिसेन्ट्रलाइज्ड एप भनेका छन् र मेटाले यो एप मास्टोडानको प्रतिस्पर्धी हुने भनेको छ ।

यसअघि, मेटाको साइड एपहरू सुपर, नेबरहुड्स, ट्युन, क्याम्पस, स्पार्क सफल भने भएका छैनन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro