
काठमाडौं । रूपन्देही र हुम्लामा बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् ।
रूपन्देहीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सियारी गाउँपालिका–४, ओर्लहबा बस्ने ५० वर्षीय चन्द्रीका हरिजनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
हरिजनले ती बालिकालाई शुक्रबार बिहान बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै, हुम्लामा आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अदानचुली गाउँपालिका–३, फडेरा गाउँ बस्ने २७ वर्षीय जनक बुढालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
कामको शिलशिलामा बुबासँगै उक्त गाउँमा गएकी ती बालिकालाई शनिबार राति जनकले बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी श्रीनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।