site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित भएको छ ।

सोमबार बसेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयक पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा सांसदहरूले आवश्यकता र औचित्यको आधारमा मात्रै थप विश्वविद्यालय खोल्न सरकारलाई सुझाव दिएका थिए ।

राष्ट्रियसभाको अर्को बैठक असार १९ गते मंगलबार (भोलि) १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

आज (सोमबार) बसेको बैठकमा आगामी आर्थिक वर्षको वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सकिएको छ ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro