site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जंगली हात्तीले कुल्चिँदा ८० वर्षीया वृद्धाको मृत्यु
प्रतीकात्मक तस्बिर
Tiktok banner adTiktok banner ad

झापा । मेचीनगर नगरपालिका–१० मा आज बिहान जंगली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए । 

पूजा गर्न फूल टिप्न जाने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चिएको थियो । सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन् । 

झापामा ६ दिनअघि मात्र जंगली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जंगली हात्तीले कुपल्चँदा उनको मृत्यु भएको थियो । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ०७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro