site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘संस्कृतिबारे जानकारी दिन राजाको छोराको बिहेमा सार्वजनिक बिदा दिइयो’
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिकाले संस्कृतिबारे जानकारी दिन राजाको छोराको बिहेमा सार्वजनिक बिदा दिइएको बताएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले संस्कृतिबारे जानकारी दिन बिदा दिइएको बताए । 

लोमान्थाङ गाउँपालिकाले सोमबार (भोलि) पालिकाअन्तर्गत सबै कार्यालय र शिक्षण संस्थामा सार्वजनिक बिदा दिएको छ । मुस्ताङका ‘राजा’ झिग्मी सिङ्गी पलवर बिष्टका छोरा झिग्मी धिण्डुप फुन्छोक पलवर बिष्टको बिहेका लागि बिदा दिइएको पालिकाले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गाउँपालिकाले सूचना जारी गर्दै लोमान्थाङ क्षेत्रमा विविध कार्यक्रमका साथ विवाह उत्सव मनाउन लागिएको जनाएको छ ।

लोमान्थाङमा अझै पनि पलवर बिष्टलाई राजाको उपाधि दिई विभिन्न धार्मिक तथा सांस्कृतिक उत्सवहरुमा सम्मान दिने गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए ।

Global Ime bank

विद्यालयका बालबालिकामा पनि सो संस्कृतिबारे जानकारी होस् भन्ने उद्देश्यले बिदा दिइएको उनको भनाइ छ । कस्ता अवसरमा बिदा दिने भन्ने अधिकार स्थानीय तहको संस्कृतिसँग पनि जोडिने उपाध्यायको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement