site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिटरब्याजीपीडितको समस्या समाधानमा कुनै हेलचेक्र्याइँ भएका छैन : कानुनमन्त्री

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजको समस्या समाधानमा कुनै हेलचेक्र्याइँ नगरिएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा मन्त्री गुरुङले विधेयकलाई अघि बढाउन केही ढिलाइ भए पनि मिटरब्याजीपीडितको समस्या समाधानमा कुनै हेलचेक्र्याइँ नगरिएको बताए ।

समयमा नै विधेयक संसद्मा प्रस्तुत हुनुपर्ने भए पनि त्यसो हुन नसकेको भन्दै उनले नेपाल सरकारको तर्फबाटै माफी मागे । उनले कानुनमार्फत मिटरब्याजी प्रकरणमा दोषी हुने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने स्पष्ट पारे ।

उनले आर्थिक लेनदेनको कारोबारलाई स्थानीय तहबाट प्रमाणीकरण गर्ने कानुनी व्यवस्थाको प्रस्ताव गरिएको र यसका कारण वास्तविक ऋण लिनेहरु नठगिने र नक्कली पीडित हुने समस्या पनि नहुने दाबी गरे ।

बैठकले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro