अर्थ व्यवसाय
पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुनमा लक्जरी कर नलगाइएको बताएका छन् । हिरामोतीमा लक्जरी कर लगाइएको उनको भनाइ छ ।
शनिबार पोखरामा आयोजित एक कार्यक्रममा उनले भने, “सुनमा लक्जरी ट्याक्स लगाएको छैन । हिरामोतीमा हो, लक्जरी ट्याक्स । जसले १० लाखभन्दा माथिको किन्छ, उसलाई त्यो ट्याक्स लगाएको हो । थोरै भए पनि आम मानिसले सुन लगाउँछन्, त्यसैले सुनमा ट्याक्स लगाएको छैन ।”
उनले थपे, “ट्राभल्र्समा भ्याट लगाएको छैन, एयरलाइन्सलाई लगाइएको हो । नेपाल ओरिजन भएको एयरलाइन्सको फ्लाइटमा त्यो ट्याक्स लाग्छ, व्यवसायीहरूले ट्याक्स तिर्नुपर्ने होइन ।”
नेपालको उत्पादन बढाउन आलुप्याजमा भ्याट लगाइएको उनले दोहोर्याए ।
प्रकाशित मिति: शनिबार, असार १६, २०८० १८:४६
प्रतिक्रिया दिनुहोस्