site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्लाई प्रभावकारी बनाउन सभामुखको आग्रह
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्लाई प्रभावकारी बनाउने गरी भूमिका निर्वाह गर्न राजनीतिक पार्टीहरूलाई आग्रह गरेका छन् । संसद् जनअपेक्षाअनुसार चल्न नसकेको आम अनुभूति भइरहेको उनले उल्लेख गरे ।

६५औँ संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संसद् जनप्रतिनिधिको सर्वोपरी संस्था भएकाले यसलाई प्रभावकारी बनाउने विषयमा पूर्वसंसद् क्लबभित्र छलफल गर्न उपयुक्त हुने धारणा राखे ।

राष्ट्र र जनताको आवश्यकताअनुसार कानुन निर्माण गर्ने, भएका कानुनलाई सरकारले प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जानुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कम्तीमा ३३ प्रतिशत महिला निर्वाचित हुने व्यवस्था गरेर जानुपर्ने बताइन् । उनले समानुपातिकमा एकपटक ल्याएका महिलाको अनुभवलाई प्रयोगमा ल्याउने गरी फेरि सांसद बनाउने काम गर्न पनि राजनीतिक दलहरूलाई आग्रह गरिन् ।

उपाध्यक्ष अर्यालले तराई–मधेसमा डोमलगायत जातिमाथि भएको उत्पीडन कम हुने गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro