site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपालको असन्तुष्टि– जनताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेन
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारको काम–कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

जनताले अपेक्षा गरेअनुसार, जनताले चाहेअनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम–कारबाहीप्रति असन्तुष्टि जनाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

६५औँ संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दबाब दिने काममा लाग्न सांसदहरूलाई आग्रह गरे ।

उनले सरकार र सांसदहरूबीचको सम्बन्ध पनि सुमधुर हुनुपर्ने आवश्यकता औँल्याए । “यो देशको स्वाभिमानको रक्षा गर्ने सन्दर्भमा सबै राजनीतिक दलहरू एकताबद्ध भई अगाडि बढनुपर्ने हुन्छ । अहिले हाम्रो देशलाई विकासको यात्रालाई अगाडि बढाउनुपर्नेछ । जनताले अपेक्षा गरेबमोजिम विकासले गति लिन सकेको छैन । शासन, प्रशासन चलेको छैन । भ्रष्टाचार अहिले पनि व्याप्त छ । ती सबै भ्रष्टाचारलाई उन्मूलन गर्नुपर्ने, सुशासनको प्रत्याभूति दिनुपर्ने र जनतालाई सहज सेवा उपलब्ध गराउनुपर्ने हुन्छ । यी सबैमा निगरानी जनताका प्रतिनिधिहरूकै हुन्छ । जनताको प्रतिनिधिको हैसियतले सांसदहरूले नै यो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ,” उनले भने, “यस अर्थमा सांसदहरूको भूमिका कतिको प्रभावकारी हुन सकेको छ ? सांसदहरूको दबाबले कति काम गर्न सकिएको छ ? यो आफ्नो ठाउँमा छ । सांसदहरूको भूमिकाको सन्दर्भमा सरकारको भूमिकाको महत्त्वपूर्ण भूमिका हुन्छ । सुन्नुपर्ने निकायले सुनिदिएन भने, गर्नुपर्ने निकायले चासो राखिदिएनन् भने त्यसले ठूलो समस्या खडा गर्छ । त्यसो हुनाले सबैबीचको सम्बन्ध अन्योन्याश्रित छ ।”

Global Ime bank

अध्यक्ष नेपालले देशको स्वाभिमानको रक्षा गर्ने विषयमा सबै राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । राष्ट्र निर्माणका लागि पूर्वसांसदहरूको अनुभवले ठूलो काम गर्ने उनले उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement